काठमाडौँ । काठमाडौँ उपत्यकाको करिडोरमा जोखिम अवधिभर सवारीसाधन पार्किङ गर्न निषेध गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि चार दिनसम्म वर्षा हुने अनुमान सार्वजनिक गरेपछि बागमती नदी, विष्णुमती, धोविखोला र हनुमन्ते खोला करिडोरमा जोखिम अवधिभर कुनै पनि सवारी साधन रोक्न र पार्किङ गर्न नदिइएको हो ।
विभागले बिहीबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सतर्क रहन भनेको छ । मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा बनेको गहिरो न्यूनचापीय प्रणाली आगामी २४ घण्टापछि कमजोर बन्न सक्ने सम्भावना रहेको जनाएको छ ।









