विपद् जोखिम घटाउन कामपाको पूर्वतयारी


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विपद् जोखिम घटाउन पूर्वतयारी र प्रतिकार्य संयन्त्र सक्रिय पारेको जनाएको छ ।

कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले ढल, मङ्गल, नाली तथा क्याचपिटलाई नियमित सफाइ गर्ने, उद्धार सामग्री तयारी अवस्थामा राख्ने, सूचना प्रणालीलाई चुस्त बनाउने र वडा तहदेखि सुरक्षा निकायसम्मको समन्वय प्रभावकारी बनाउन उक्त निर्णय गरेको हो ।

प्रकाशित मिति: ८ आश्विन २०८३, बिहिबार  १२ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।