सिद्धार्थ राजमार्ग अवरुद्ध


वालिङ । पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । उक्त राजमार्गको वालिङ–स्याङ्जा खण्ड आज बिहानदेखि अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार पुतलीबजार नगरपालिका–१ तीनधारे र वालिङ नगरपालिका–१ रामबाच्छामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । प्रहरी, स्थानीय पालिका, सडक विभागको सहकार्यमा बाटो खोल्ने प्रयास जारी छ । 

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार  ०८ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।