काठमाडौँ। खराब मौसमका कारण भरतपुर र तुम्लिङटार विमानस्थलको उडान प्रभावित भएका छन् । भिजिबिलिटी कम हुँदा चितवनको भरतपुर र संखुवासभाको तुम्लिङटार विमानस्थलमा उडान प्रभावित बनेको हो ।
दुवै विमानस्थलमा मौसम प्रतिकूल रहेकाले उडान सञ्चालन हुन नसकेका हुन् ।









