नारायणीको पुलबाट आवतजावत हुन थाले सवारीसाधन


काठमाडौँ । नारायणी नदीमा आएको बाढीले क्रुजसिप बगाएर पुलमा अड्काएपछि रोकिएको सवारीसाधन आवतजावत सुचारु हुन थालेका छन् । आइतबार नारायणी नदीको बाढीले राइनो क्रुजसिप बगाएर लगेकोमा पुलमा अड्किएको थियो ।

पुलमा अड्किएको क्रुजसिप पुललाई क्षति नहुने गरी निकाल्ने प्रयासको लागि प्राविधिक स्तरको छलफल थालिएको छ । पुलबाट सवारीसाधनहरू आवतजावत भइरहेका जानकारी दिइएको छ ।

प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार  ०९ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।