काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.४७ अङ्कले घटेर २६१३.३३ मा पुगेको छ । यो ०.६२ प्रतिशतको गिरावट हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३४ अङ्कले घटेर ४६७.६७ मा पुगेको छ । फ्लोट सूचक १.११ अङ्कले घटेर १८०.०७ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक ०.४८ अङ्कले घटेर १५७.८८ मा पुगेको छ ।
आज विभिन्न कम्पनीका १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ रुपैयाँमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये व्यापार ०.२३ प्रतिशतले बढेको छ भने बाँकी सबै उपसमूहको मूल्य घटेको छ ।
आज ४९ कम्पनीको सेयर बढ्दा २२४ घटेका छन् भने छ कम्पनीको सेयर मूल्य स्थिर रहेका छन् । नेप्सेका अनुसार केबिएल डिबेञ्चर, लक्ष्मी सनराइज डिबेञ्चर, प्राइम बैंक डिबेञ्चर लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी हाथवे इन्भेष्टमेन्ट नेपाल, इमर्जिङ नेपाल र ग्लोबल आइएमई ब्यालेन्स फण्डलगायतका लगानीकर्ताहरुले गुमाएका छन् ।









