नर्भिक हस्पिटल भन्छ, अवस्था यस्तै रहे अकल्पनीय घटना घट्न सक्ने, सरकारलाई संवेदनशील भैदिन आग्रह

0
Shares

कोभिड १९ को दोश्रो लहरको तीव्र संक्रमणपछि उत्पन्न जटिल परिस्थितिमा सर्वसाधारणलाई सहज उपचार दिने उदेश्यले नर्भिक इन्टरनेशनल हस्पिटलले आफूलाई ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण गरि सेवा प्रदान गरेको सर्वविदितै छ ।

वर्तमान असहज अवस्था भएता पनि उपलब्ध सीमित साधनस्रोतको उच्चतम उपयोग गरी बिरामीहरुको उपचार सेवामा कुनै कमी नरहोस भनि हामी प्रयत्नशील छौं । तर, पछिल्लो अवस्थामा कोभिडको संक्रमण बढेसँगै अस्पतालमा प्राण वायुको रूपमा रहेको अक्सिजनको अभाव चरम बन्दै गएको छ ।

राज्यको अनुदार नीतिले झन समस्यालाई बलझाएको छ र तोकिएको कोटाअनुसार अक्सिजन समेत उपलब्ध हुन सकेको छैन । यो अवस्था यसै गरि जारी रहने हो भने अकल्पनीय घटना घटन सक्ने अनुमान सहजै गर्न सकिन्छ ।

हामी आफ्नो कर्म प्रति समर्पित छौं । अक्सिजन लगायत अन्य उपचार सामग्री उपलब्ध भए सम्म बिरामीको उपचार सेवामा कुनै कमी हुन दिने छैनौ ।साथै, स्थिति हाम्रो काबु बाहिर नजाओस भनि हामी प्रयत्नशील पनि छौं ।

यो समय बाँच्ने र बचाउने समय हो । हामी नेपाल सरकारका सम्बद्ध निकायहरूका साथै सबै पक्षलाई संवेदनशील भएर कोभिडविरुद्धको लडाईमा अत्यन्त सुझबुझ र विवेकशील भै आ–आफ्नो दायित्व निर्वाह गरिदिनुहुन आह्वान गर्दछौं । अस्पतालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।