कामना सेवा विकास बैंकको रेटिङ बढ्यो


काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको इस्यूअर रेटिङ बढेको छ ।

केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकको जारीकर्ता मूल्यांकनलाई यसअघि रहेको ‘केयर–एनपी बीबी प्लस’ बाट बढाएर ‘केयर–एनपी बीबीबी माइनस’ कायम गरेको हो ।

केयर एनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षा तथा मध्यम स्तरको क्रेडिट जोखिम वहन गर्ने संस्थालाई जनाउँछ ।

प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार  ११ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।