काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ४ जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) मा राखेको छ ।
नेप्सेको सीईओ छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका आधारमा पदपूर्तिका लागि आवेदन दिएका ८ जना उम्मेदवारमध्येबाट ४ जनालाई सर्टलिस्टमा समावेश गरेको हो ।
समितिले अनिल राज पौडेल, नवराज सापकोटा, नारायण प्रसाद सापकोटा, प्रताप सुवेदीलाई सर्टलिस्टमा समावेश गरेको हो ।
अन्तर्वार्ता र प्रस्तुतीकरणको तालिकास् छनोट समितिले तोकेअनुसार चारैजना उम्मेदवारको अन्तर्वार्ता तथा प्रस्तुतीकरण आगामी असोज २३ गते अर्थ मन्त्रालय, सिंहदरबारमा हुनेछ।
यस्तै, समितिले सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणको मिति र समय सार्वजनिक गरेको छ।
जसअनुसार अनिल राज पौडेललाई बिहान ७ बजेको समय तोकिएको छ भने नवराज सापकोटालाई बिहान ८ बजे, नारायण प्रसाद सापकोटास् साँझ ५:३० बजे र प्रताप सुवेदीस् साँझ ६:३० बजेको समय तोकिएको छ ।
समितिले सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई तोकिएको समयभन्दा ३० मिनेट अगावै अन्तर्वार्ता स्थलमा उपस्थित हुन निर्देशन दिएको छ।







