मञ्जुश्री फाइनान्सको २० प्रतिशत लाभांश घोषणा


काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको सोही बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण गरिएको कम्पनीको वित्तीय विवरण अनुसारको वितरणयोग्य नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८.८० रुपैयाँको ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार  १० : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।