सेयर बजार परिसुचकमा सुधार, ४ अर्ब ८२ करोडको कारोबार


काठमाडौँ । सेयर बजार परिसुचकमा सुधार आएको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा पुगेको हो ।

कारोबारमा आएका ३५३ कम्पनीका १ करोड २८ लाख ७६ हजार ७९६ कित्ता सेयरहरु ४ अर्ब ८२ करोड ३८ लाख ६८ हजार रुपैयाँमा किनबेच भएका छन् ।

बिहीबार नेप्से परिसुचक २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा पुग्दा कारोबार रकम ३ अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँ पुगेको थियो ।

शुक्रबार सबै उपसुचक बढ्दा होटल तथा पर्यटन समूह ६२.७२ अंकले बढेको छ । जीवन बीमा समूह ५१.२२ अंकले, उत्पादन तथा प्रशोधन समूह ३९.३६ अंकले विकास बैंक समूह ३२ अंकले, जलविद्युत समूह २६.३० अंकले र वाणिज्य बैंक समूह १९.१७ अंकले बढेको छ ।

कुथुली बुखुरी स्मल हाइड्रोपावरको सेयर मूल्य ४.९१ प्रतिशतले बढेको बजारमा सिन्धु विकास बैंकको सेयर मूल्य ४.२२ प्रतिशत, सोलु हाइड्रोपावरको सेयर मूल्य ४.०५ प्रतिशतले बढेको छ ।

समग्र बजार बढ्दा पनि रिज लाइफ इनर्जीको सेयर मूल्य ७.८५ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा २१ करोड ११ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार सहित कुमारी बैंक शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा ९ लाख १३ हजार ५११ इकाईको कारोबार सहित कुमारी बैंक नै अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा भने १ हजार ५७८ पटकको कारोबार सहित सोलु हाइड्रोपावर शीर्षस्थानमा रहेको छ ।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार  १५ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।