काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।
नेप्सेले गुराँस लघुवित्तको ९.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ४९७ रुपैयाँ ७२ पैसा कायम भएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यही समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा लघुवित्तको सेयर कारोबार खुल्नेछ।
नेप्सेले अघिल्लो कारोबार दिन अर्थात मंगलबारको अन्तिम मूल्यका आधारमा लघुवित्तको सेयरमूल्य समायोजन गरेको हो। मंगलबार दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ६४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।








