देशभर ८ हजार १७३ जनामा कोरोना संक्रमण पुष्टी, २४६ जनाको मृत्यु

0
Shares

पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार १७३ जनामा कोरोना भाईरस संक्रमण  पुष्टी भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा  पीसीआर परिक्षणबाट ८ हजार ६४ र एन्टीजेन विधिबाट १०९ गरी कुल ८ हजार १७३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
 
हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
 
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप २४६ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो ।
 
योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४६१ पुगेको छ ।   त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ७ हजार ९८९ जना निको  भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ५ जेष्ठ २०७८, बुधबार  १६ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।