सन नेपाल लाइफको बोनस दर सार्वजनिक

0
Shares

 
सन नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ ।
 
कम्पनीले आर्थिकवर्ष २०७५/७६ को वित्तीय विवरण बीमा समितिबाट बैशाख ३१ गते स्वीकृति भए अनुसार बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको हो ।
 
कम्पनीको सन लाइफ सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा प्रतिहजार न्यूनतम ३० र अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन् । भाग्योदय जीवन बीमालेख (एकलभुक्तानी सावधिक) बीमालेखमा सरिक भएका बीमितले बीमा अवधिका आधारमा प्रतिहजार ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस प्राप्त गर्ने भएका छन् । 
 
त्यस्तै, नवीन आजीवन जीवनबीमा (सावधिक तथा आजीवन) बीमालेख अन्तर्गत पनि कम्पनीले बीमालेख अवधिका आधारमा प्रतिहजार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ नै बोनस निर्धारण गरेको छ । 
 
सार्थक आजीवन बीमालेख (१५ वर्षे अग्रिम भुक्तानी तथा आजीवन) सबै बीमा अवधि(१५) मा कम्पनीले प्रतिहजार ३८ रुपैयाँ बोनस दर निर्धारण गरेको छ । 
 
सिमितअवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधि बीमा योजनाहरु(धन लक्ष्मी बीमा योजना समेत) मा बीमअवधि अनुसार बीमितले प्रतिहजार न्यूनतम २२ देखि अधिकतम ३२ रुपैयाँसम्मबोनस पाउने छन् । 
 
कम्पनीले मुनाफामा सरिक हुने (बोनस प्रदानगर्ने) गरी जारी गरेको बीमालेखमा बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिकअवधि भुक्तानी दाबी, समर्पण मूल्यदाबी, चुक्तामूल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमाङीकय मूल्याङकन स्वीकृत नभएसम्मको लागि उल्लेखित बोनस दर सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।