काठमाडौँ । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्ष अर्थात आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीले प्रतिकित्ता १ हजार ५४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कात्तिक १३ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ९ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।






