काठमाडौँ। अख्तियारले पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस गरेको छ । नेपालसहित ९७ जना प्रतिवादीविरुद्ध पाँच सय पृष्ठको अभियोगपत्र पेस भएको हो ।
अख्तियारले नेपालको मात्र ७३ करोड ४९ लाख विगो दाबी गरि मुद्दा पेस गरेको छ । २०६६ मंसिर १६ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार रिजाल क्यानिङ एण्ड कम्पनी प्रालिले छुट जग्गा पाएको जग्गामा हानीनोक्सानी भएको दाबी अख्तियारको छ ।
सार्वजनिक जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोप नेपालविरुद्ध लगाएको छ । अभियोगपत्रमा अहिले रुजु भइरहेको छ । सार्वजनिक जग्गा छुट दर्तामा भ्रष्टाचार भएको दाबी अख्तियारले गरेको छ । अदालत स्रोतका अनुसार मुद्दा दर्ता प्रक्रियामा रहेको छ ।
विराटनगर आसपासको सार्वजनिक जग्गा जग्गा छुट दर्तामा भ्रष्टाचार भएको दाबी गरिएको छ ।






