काठमाडौँ । सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा पुगेको हो ।
आज ३४३ कम्पनीका १ करोड ९८ लाख २२ हजार ३९२ कित्ता सेयरहरू ७० हजार २२८ पटक किनबेच हुँदा ७ अर्ब १८ करोड ३७ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ ।
गत साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से ५.४६ अंकले घटेर २६९०.१० अंकले घट्दा कारोबार रकम ८ अर्ब ८९ करोड १५ लाख ९५ हजार रुपैयाँ पुगेको थियो ।
सोमबार सबै उपसुचकमा गिरावट आउँदा जीवन बीमा समूह १७७.९४ अंकले घटेको छ । निर्जीवन बीमा समूह १६५.२९ अंकले, विकास बैंक समूह १०६.४४ अंकले घटेको छ ।
बेनी हाइड्रोपावरको सेयर मूल्य १३.५८ प्रतिशतले बढेको बजारमा मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य ८.७७ प्रतिशत, मन्दाकिनी हाइड्रोको सेयर मूल्य ५.४७ प्रतिशत, एनआइसी एसिया बैंकको सेयर मूल्य ३.०२ प्रतिशतले बढेको छ ।
यता, सानीमा लार्ज फण्डको इकाई मूल्य ४.८६ प्रतिशतले घट्दा झापा इनर्जीको सेयर मूल्य ४.११ प्रतिशत, साँग्रीला विकास बैंकको सेयर मूल्य ४.०८ प्रतिशतले घटेको छ ।
आज कारोबार रकमको आधारमा घलेम्दी हाइड्रोपावर ३७ करोड ६३ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा ११ लाख ९३ हजार १६४ इकाईको कारोबार सहित अग्रस्थानमा रहेको बजारमा कारोबार संख्याको आधारमा भने बेनी हाइड्रो ९ हजार ४११ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।






