सुरुङ मार्गमा शुल्क संकलन गरेको पहिलो दिन उठ्यो ११ लाख ७० हजार


काठमाडौँ। नागढुंगा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ । पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए ।

सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि कात्तिक १५ देखि सडक दस्तुर संकलन सुरु भएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीले जानकारी दिए ।

आइतबार राति १२ बजेदेखि सडक दस्तुर लागू भएको हो । सडक दस्तुर लागू भएको पहिलो दिन हिजो ९आइतबार० ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेबापत करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीले जानकारी दिए ।

‘टोल कलेक्सन गरेको पहिलो दिन ७ हजार ५०० को हाराहारीमा सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका छन् । जसमा आइतबारको डाटाअनुसार ११ लाख ७० हजारको हाराहारीमा टोल कलेक्सन भएको छ,’ उनले भने ।

पन्थीका अनुसार सुरुङमार्गको औसत वार्षिक दैनिक सवारी चाप करिब ८ हजार ५०० रहेको छ । दसैँको समयमा दैनिक १० हजारभन्दा बढी सवारीसाधनले सडक प्रयोग गरेका थिए ।

तर सुरुङमार्गमा दैनिक करिब पाँच हजार सवारीसाधन चल्ने प्रारम्भिक अनुमान आयोजनाको थियो । पहिलो दिनमै अनुमानभन्दा बढी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका छन् ।

नागढुंगा सुरुङमार्ग प्रयोग शुल्कबाट वार्षिक ३५ देखि ४० करोड रुपैयाँ संकलन हुने अनुमान रहेको पन्थीले बताए ।

‘आजको डाटा भोलि प्राप्त हुन्छ । यसअनुसार पहिलो वर्षको अनुमान त ३५ देखि ४० करोड हो,’ उनले भने ।

सुरुङमार्ग सञ्चालको जिम्मा चिनियाँ कम्पनी ‘चोङकिङ युसिन रोड एण्ड ब्रिज डेभलपमेन्ट’ र नेपाली कम्पनी ‘एआरटी कन्स्ट्रक्सन’ ९युसिन–एआरटी जेभी० लाई ५ वर्षका लागि दिइएको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार  ०७ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।