झापा । मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो ३ महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार साउनदेखि असोजसम्म ४ अर्ब ९२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा ४ अर्ब ६७ करोड ७ लाख ७३ हजार सङ्कलन गरेको हो ।
यस अवधिमा निर्धारित लक्ष्यको ९४.९३ प्रतिशत राजस्व सङ्कलन भएको हो ।
महिनागत विवरणअनुसार साउनमा १ अर्ब ४३ करोड ५० लाख लक्ष्य रहेकामा १ अर्ब २७ करोड ९८ लाख ३७ हजार सङ्कलन भएको थियो ।
त्यस्तै, भदौमा १ अर्ब ६४ करोड लक्ष्य रहेकामा १ अर्ब ५५ करोड ३५ लाख ३८ हजार सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
असोजमा भने राजस्व सङ्कलन थप बढेको देखिन्छ । उक्त महिनामा १ अर्ब ८४ करोड ५० लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा १ अर्ब ८३ करोड ७३ लाख ९८ हजार सङ्कलन भएको छ । यो असोज महिनाको लक्ष्यको ९९.५९ प्रतिशत हो ।
कार्यालयका अनुसार, गत आर्थिक वर्षको ३ महिनाको सोही अवधिमा ४ अर्ब १५ करोड २० लाख ९ हजार सङ्कलन भएको थियो ।






