नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ सहित सिजीका स्मार्ट घरायसी उपकरणहरू बजारमा


काठमाडौँ । तिहारमा सेलरोटी, फिनी, अनरसा लगायतका परम्परागत परिकार बनाउने तयारी भइरहेका बेला सिजी इलेक्ट्रोनिक्सले कम तेलमा परिकार पकाउन मिल्ने स्मार्ट एयर फ्रायर बजारमा ल्याएको छ। कम्पनीले आफ्नो प्रिमियम सिग्नेचर सिरिज सिजी मेरिडियाअन्तर्गत विभिन्न क्षमताका एयर फ्रायर उपलब्ध गराएको हो।

कम्पनीका अनुसार यी उपकरणबाट परिकारको स्वाद कायम राख्दै परम्परागत तरिकाले पकाउँदा भन्दा ९० प्रतिशतसम्म कम तेल प्रयोग गर्न सकिन्छ। चाडपर्वमा धेरै परिकार बनाउनुपर्ने परिवारलाई लक्षित गरी कम्पनीले साना तथा ठूला क्षमताका मोडल बजारमा ल्याएको जनाएको छ।

कम्पनीले सीजीएमआरएएफ८एलएआई मोडललाई नेपालकै पहिलो एआई एयर फ्रायर दाबी गरेको छ। यसमा रहेको कृत्रिम बुद्धिमत्ता प्रविधिले परिकारको प्रकृतिअनुसार तापक्रम र पकाउने समय आफैँ निर्धारण गर्ने कम्पनीको भनाइ छ। यसबाहेक सीजीएमआरएएफ७एलएस मोडल पनि बजारमा उपलब्ध छ।

यस वर्षको तिहारलाई लक्षित गर्दै कम्पनीले १३ लिटर क्षमताको सीजीएमआरएएफओ१३एल मोडललाई पनि बजारमा ल्याएको छ। १ हजार ८०० वाट क्षमताको यो एयर फ्रायरमा १२ वटा खाना पकाउने पूर्वनिर्धारित विकल्प छन्। यसमा पकिरहेको परिकार बाहिरबाटै हेर्न मिल्ने वाइड एंगल भ्युइङ विन्डो, एलईडी टच स्क्रिन, ६० मिनेटको टाइमर र डिहाइड्रेटर सुविधा रहेको कम्पनीले जनाएको छ।

ढोका खोल्दा आफैँ बन्द हुने अटो सट(अफ प्रणालीसमेत यसमा राखिएको छ। रोस्ट, ग्रिल र बेक गर्न मिल्ने गरी आयल ट्रे, फ्ल्याट ग्रिल र्‍याक, स्यालो नेट ग्रिल र्‍याक, रोटेट बास्केट, चिकेन फोर्क र फेच टुललगायतका सामग्री पनि उपलब्ध गराइएको कम्पनीको भनाइ छ।

सिजीका यी उपकरण देशभरका २२ वटा सिजी डिजिटल र ६ वटा एलजी ब्रान्ड शोरुम तथा आधिकारिक बिक्री केन्द्रबाट खरिद गर्न सकिनेछ। कम्पनीको वेबसाइटबाट पनि उत्पादनबारे जानकारी लिन सकिने जनाएको छ।

४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा इलेक्ट्रोनिक्स सामग्री बिक्री गर्दै आएको कम्पनीले बिक्रीपछिको सेवाका लागि ‘सीजी केयर्स’ एप सञ्चालनमा ल्याएको छ। देशभर रहेका ४० वटा सेवा केन्द्र र उक्त एपमार्फत ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार  १६ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।