फोनपे पेमेण्ट सर्भिसको सातौं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौँ । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको सातौं वार्षिक साधारणसभा बुधबार म्यारियट होटल, नक्साल, काठमाडौँमा सम्पन्न भएको छ ।

फोनपेको सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा बसेको सो वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तिय विवरण र लेखापरिक्षक प्रतिवेदन पारित गर्ने निर्णय गरेको छ ।

आगामी आ.व. २०८३/८४ को लागि लेखापरिक्षकको रुपमा जीपी राजबहाक एण्ड कम्पनीलाई चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने निर्णय साधारणसभाले गरेको छ ।

प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार  १६ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।