मास्कको कालोबजारी गर्ने फार्मेसी सञ्चालक पक्राउ

0
Shares

नेपाल प्रहरीले मास्कमा कालोबजारी गरेको अभियोगमा एक फार्मेसी सञ्चालकलाई पक्राउ गरेको छ ।

प्रहरीले अधिकारी फार्मेसीका सञ्चालक विराटनगर महानगरपालिका–९ बस्ने ३१ वर्षीय भुपेन्द्र नाथ अधिकारीलाई शनिबार साँझ पक्राउ गरेको हो ।

अधिकारीले सोही महानगरपालिका–७ कोशी अस्पताल अगाडि सञ्चालन गरेको उक्त फार्मेसीबाट सुनसरी नगरपालिका–७ बस्ने ३७ वर्षीय श्याम चौधरीलाई ६ हजार ८ सय ८० रुपैयाँ पर्ने सिलिकन फूल फेस मास्कलाई ८ हजार ५०० रुपैयाँमा बिक्री गरेका थिए ।

अधिकारी विरुद्ध कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०७८, आइतबार  १४ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।