काठमाडौँ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तलबभत्तामा झन्डै २ अर्ब रुपैयाँ खर्च गरेका छन् । १४ वटा जीवन बीमा कम्पनीले कर्मचारीको तलबभत्तामा १ अर्ब ९८ करोड २७ लाख रुपैयाँ खर्च गरेका हुन् ।
समीक्षा अवधिसम्म कर्मचारीको तलबभत्तामा सर्वाधिक खर्च गर्नेमा नेपाल लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले नेसनल लाइफ रहेको छ ।
यद्यपी नेपाल लाइफले तलबभत्तामा खर्चिएको यो रकम गत वर्षको भन्दा थोरै हो । नेपाल लाइफले मात्रै होइन, अन्य ५ वटा कम्पनीहरुले पनि गत आवको भन्दा कम खर्चिएका छन् । ९ वटा कम्पनीले मात्रै कर्मचारीको तलबभत्तामा बढी खर्च गरेका छन् ।
चालु वर्षको असोजसम्म नेपाल लाइफले कर्मचारीको तलबभत्तामा २४ करोड २४ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको खर्च १५.९२ प्रतिशतले घटेको हो ।
अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २८ करोड ८३ लाख रुपैयाँ खर्च गरेको थियो । कर्मचारीको तलबभत्तामा सर्वाधिक खर्च गर्ने दोस्रो कम्पनीमा हिमालयन लाइफ रहेको छ । यद्यपी, हिमालयन लाइफले पनि अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको खर्च २९.१५ प्रतिशतले घटाएको छ ।
समीक्षा अवधिसम्म यो कम्पनीले कर्मचारीको तलबभत्तामा २० करोड २२ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २८ करोड ५४ लाख रुपैयाँ खर्च गरेको थियो ।
यता, नेसनल लाइफले अघिल्लो वर्षको असोजसम्म १५ करोड ३२ लाख रुपैयाँ खर्च गरेकोमा समीक्षा अवधिमा २३.८१ प्रतिशतले बढेर १८ करोड ९७ लाख रुपैयाँ खर्च गरेको छ।
यस्तै, सूर्यज्योती लाइफले तलबभत्तामा १८ करोड ६४ लाख रुपैयाँ खर्चिएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ०.९६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड ८२ लाख ६५ हजार रुपैयाँ खर्चिएको थियो ।
यस्तै, चालु आर्थिक वर्षमा सानिमा रिलायन्स लाइफले १४ करोड ९४ लाख ७ हजार, लाइफ इन्स्योरेन्सले १३ करोड ७७ लाख, प्रभु महालक्ष्मी लाइफले १२ करोड ९७ लाख ६९ हजार आइएमई लाइफले १२ करोड ९५ लाख ३५ हजार, सिटिजन्स लाइफले १२ करोड ३५ लाख ७४ करोड रुपैयाँ तलबभत्तामा खर्चिएको छ । माथि उल्लेखित सबै कम्पीहरुले तलबभक्ता वृद्धि गरेका छन् ।
यसैगरी, सन् नेपाल लाइफ इन्स्योरेन्सले असोजसम्म १२ करोड २० लाख ७१ हजार रुपैयाँ खचए गरेको छ भने रिलायबल नेपाल लाइफले ११ करोड ३९ लाख ४१ हजार, एसियन लाइफले १० करोड ८५ लाख २३ हजार, मिट लाइफले १० करोड ९ लाख रुपैयाँ र मा राष्ट्रिय जीवन बीमा कम्पनीले ४ करोड ६३ लाख रुपैयाँ खर्चिएको छ ।
जसमा राष्ट्रिय जीवन बीमा कम्पनीले तलबभत्तामा सबैभन्दा कम खर्च गर्नुका साथै गत वर्षको भन्दा १६.२१ प्रतिशतले खर्च घटाएको छ । यस्तै मीट लाइफले ६.०१ प्रतिशतले तलबभत्ता खर्च घटाएको छ ।







