प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी


नयाँ दिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बहुआयामिक यातायात तथा पूर्वाधार सम्पर्क सञ्जाल विकाससम्बन्धी ‘प्रधानमन्त्री गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी गराएका छन ।

दुई प्रधानमन्त्रीबीचको वार्तापछि हैदराबाद हाउसस्थित विद्या हलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले उक्त योजनाको उद्देश्य, कार्यान्वयन प्रक्रिया तथा यसको महत्त्वबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका हुन ।

भारतको उक्त गुरुयोजना सडक, रेलमार्ग, जलमार्ग, विमानस्थल तथा अन्य यातायात पूर्वाधारलाई एकीकृत रूपमा विकास गरी वस्तु तथा यात्रुको आवागमन सहज बनाउने उद्देश्यले प्रधानमन्त्री मोदीले सन् २०२१ मा सुरु गरेका हुन । यसले विभिन्न मन्त्रालय तथा निकायबीच समन्वय गरी पूर्वाधार आयोजनाको योजना निर्माण र कार्यान्वयनलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार  १३ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।