नेपाल प्रहरीले तास खेलिरहेको अवश्थामा १४ जना जुुववाडेलाई पक्राउ गरेको छ ।
मंगलबार प्रहरीले छुट्टा छुट्टै स्थानमा छापा मार्दा उनीहरुका साथबाट नगद २ लाख ५२ हजार ७३५ रुपैयाँ र केही थान तास सहित पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौंको बौद्ध बस्ने ५२ वर्षीय हिरा तामाङको रेस्टुरेन्ट एण्ड बारमा तास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई पक्राउ गरेको हो । उनीहरुका साथबाट नगद १ लाख ८४ हजार ३ सय ४५ रुपैयाँ र ३ बुक तास समेत बरामत भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
यसैगरी काठमाडौंको कलंकीस्थित एडभेन्चर होटल एण्ड लजमा तास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले चितवनका सोही होटलका सञ्चालक ३२ बर्षीय कृष्ण अधिकारी सहित ७ जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई नगद ६८ हजार ३ सय ९० रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया