सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटबाट सरकारले सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाएको छ। यो वर्ष सामाजिक सुरक्षाका लागि ६७ अर्ब बजेट छुटाएको सरकारले आगामी आवका लागि १ खर्ब बजेट विनियोजन गगरेको हो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज बजेट सार्वजनिक गर्दै ७० वर्ष माथिका नागरिकले पाउने भत्ता ३ हजारबाट ४ हजार पुर्याइएको घोषणा गरेका हुन्।
सामाजिक सुरक्षाको रुपमा मासिक भत्ता पाउँदै आएका छन्। एकल महिला, ७० वर्ष माथिका जेष्ठ नागरिक, जेष्ठ नागरिक दलित,तोकिएका क्षेत्रका जेष्ठ नागरिक, विधवा,अपांगता क र ख वर्ग,लोपोन्मुख जाति र वाल पोषणको रुपमा अहिले १० समूहले भत्ता पाइरहेका छन् । समूह अनुसार मासिक रुपमा पाउने भत्ताको दर पनि फरक छ। अर्थमन्त्री पौडेलले सबै प्रकारका भत्तामा ३३ प्रतिशतले बढाइएको बताए ।
तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले बाट २०५२ १०० बाट सुरु गरेको वृद्ध भत्तालाई आम नागरिकले कम्युनिस्ट सरकारले दिएको ‘उपहार’का रुपमा लिने गरेका छन् ।
नेकपा एमालेले निर्वाचनका क्रममा पाँच वर्षभित्र सामाजिक सुरक्षा भत्ता प्रतिमहिना पाँच हजार पुर्याउने घोषणा गरेको थियो । सरकारले र्निवाचन घोषणा गरिसकेको अवस्थामा मतदातालाई आकर्षित गर्न सामाजिक सुरक्षाभत्ता वृद्धि गरेको हो।
शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री कार्यालयबाट बजेट सार्वजनिक गरेका हुन् ।










प्रतिक्रिया