लुम्बिनी विकास बैंकको खुद नाफा साढे ५५ करोड, ईपीएस ६९ % बढ्यो

0
Shares

लुम्बिनी विकास बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक वर्षमा ७१.८० प्रतिशतले खुद नाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षमा ५५ करोड ७३ लाख कमाएको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ३२ करोड ४४ लाख मात्र थियो । बैंकको वितरण योग्य नाफा २८ करोड ५१ लाख छ । यसबाट बैंकले १७ प्रतिशतसम्म लाभांश बाड्न सक्ने क्षमता राख्छ ।

समीक्षा अवधिमा बैंकले निक्षेप संकलन र कर्जा विस्तारलाई क्रमश ११.८३ र २४.५५ प्रतिशतले बढाएको छ । २४ अर्ब ८० करोड निक्षेप संकलन गरेको छ भने बैंकले २१ अर्ब १६ करोड कर्जा परिचालन गरेको छ । यसबाट बैंकले एक अर्ब १३ करोड खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा करिब ४२ प्रतिशत बढी हो।

दुई अर्ब २० करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब रुपैयाँ ७१ करोड रुपैयाँ सञ्चित छ ।

बैंकको प्रतिशेयर आम्दानी करिब ६९ प्रतिशतले बढेर २५ रुपैयाँ २२ पैसा पुगेको छ ।बैंकको निष्कृय कर्जा अनुपात पनि ३.३४ बाट घटेर १.५७ प्रतिशतमा सीमित भएको छ । प्रतिशेयर प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ४० पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात ७.८१ गुणा धेरै रहेको छ । बैंकको आधार ब्याजदर तथा कोषको लागत समेत केहि घटेको छ ।