एनएमबी बैंकको आज हुने विशेष सधारणसभाले पारित गर्दैछ यस्ता प्रस्ताव

0
Shares

एनएमबी बैंकको आज हुने विशेष साधारण सभाले ओम डेभलपमेण्ट बैंकसँग मर्जर जाने प्रस्ताव पारित गर्दैछ ।

स्टाफ कलेज जावलाखेलमा साढे १० बजे आह्वान गरिएको सभामा बैंकले प्रबन्धपत्र तथा नियमावली संसोधन गरि ब्रोकेज सेवा समेत थप्ने भएको छ।

विशेष साधारण सभाले मर्जर सम्झौता प्रतिवेदन, सम्झौता तथा निर्णयरु पारित गर्ने, डिडिए रिर्पोटबाट प्राप्त भएको स्वाप १००:७६ लाई स्वीकृती प्रदान गर्ने, तथा लेखा परिक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने एजेण्डा रहेको छ ।

यस्तै बैंकले ग्राहकलाई सेवा सुविधा थप गर्ने क्रममा नियामक निकायको स्वीकृति लिई बैंक आफैँ वा सहायक कम्पनी मार्फत धितोपत्र शेयर दलाल (स्टक ब्रोकर) सम्बन्धि व्यवस्था थप गर्ने विशेष प्रस्ताव रहेको छ ।

मर्जर सम्झौता पश्चात बैंकको शेयर कारोबार जेठ ३ गतेदेखि नै रोक्का रहेकाले सो भन्दा अघिल्लो दिनसम्म कारोबार भई साउन २० गतेसम्म शेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा कायम रहेका बैंकको शेयरधनीहरुले मात्र विशेष सभामा प्रतिनिधित्व जनाउन पाउनेछन्।

नेदरल्याण्ड्सको एफएमओको २० प्रतिशत स्वामित्व रहेको एनएमबी बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ भने ओमको २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ छ।

ओम डेभलपमेन्ट बैंकको हिजो पोखरामा सम्पन्न साधारणसभाले एनएमबिमा मर्जरमा जाने प्रस्ताव पारित गरिसकेको छ ।