माछापुछ्रे बैंकको मात्रै कुल कारोबारको एक चौथाई बढी कारोबार

0
Shares

मंगलबारको शेयर बजारमा माछापुछ्रे बैंकको मात्रै कुल कारोबारको एक चौथाई बढी शेयर किनबेच भएको छ ।

मंगलबारको बजारमा कुल ४८ करोड १६ लाख २९ हजार बराबरको शेयर किनबेच भएकोमा माछापुछ्र बैकको मात्रै १२ करोड ९६ लाख बराबरको शेयर किनबेच भएको छ ।

यो कुल कारोबार रकमको एक चौथाई बढी हो । यसदिन कुल कारोबारको २६.९२ प्रतिशत हो । यस दिन माछापुछ्रेको शेयर मूल्य भने प्रतिकित्ता २ रुपैयाँले घटेर २५९ रुपैयाँ कायम भएको छ ।

कुल १८ लाख ९६ हजार कित्ता शेयर किनबेच भएकोमा माछापुछ्रेको मात्रै ५ लाख ७ हजार बढी कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा बढी ब्रोकर नं ३४ बाट ३ लाख ५१ हजार कित्ता शेयर किनबेच भएको छ ।

ब्रोकर नं ३४ का अनुसार बैंकको नियमति कारोबार नै भएको हो । केहि लगानीकर्ताहरुको शेयर म्याचीगं गनुपर्ने भएकाले कारोबार उच्च भएको हो ।

यस्तै दोस्रो उच्च कारोबार हुने लक्ष्मी बैंकको पनि चार लाख बढी कित्ता शेयर ८ करोड ६१ लाख बराबरमा किनबेच भएको छ ।

समग्र बजार भने २.७८ अंकले घटेर १२३१ अंकमा झरेको छ । एघार समूहको कारोबार भएकोमा म्युचुअल फण्ड बाहेक सबै समूह नकारात्मक रहेका छन् । सबैभन्दा धेरै युनाइटेड जलविद्युतको सात प्रतिशत बढीले शेयर मूल्य बढेको छ भने सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको तीन प्रतिशत बढीले घटेको छ ।