प्राइम बैंकका प्रमुख कार्यकारी मानन्धरको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

0
Shares

सर्वोच्च अदालतले प्राइम बैंकका प्रमुख कार्यकारी नारायणदास मानन्धरको पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

मानन्धरले राष्ट्र बैंकले जारी गरेको उमेर हद सम्बन्धी ब्यवस्था सम्बन्धी सर्कुलर खारेजको माग गर्दै रीट जाहेर गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले राष्ट्र बैंकले सर्कुलर मार्फत लागू गरेको उमेर हदका कारण प्राईम बैंकको प्रमुख कार्यकारी हट्नुपर्ने कारण देखाउ आदेश समेत जारी गरेको छ ।

राष्ट्र बैंकले साउन २० गते सोमबार एकीकृत निर्देशन जारी गर्दै ६५ वर्ष उमेर पूरा भएको ब्यक्ति बैंकको कार्यकारी हुन नसक्ने र ६९ वर्ष पूरा गरेको ब्यक्ति बहाल रहन नसक्ने ब्यवस्था गरेको थियो । यसका विरुद्ध मानान्धर सर्वोच्च पुगेका थिए ।

राष्ट्र बैंकको उक्त निर्दे्शिका खारेजीको माग गर्दै मानन्धरले साउन २२ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतको आदेशसँगै अब मानन्धर प्राइम बैंकको सीइओ भएर काम गर्न पाउने भएका छन् ।

सर्वोच्च अदालतले राष्ट्र बैंकलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न समेत निर्देशन दिएको छ ।