नबिल बैंकको नाफा ४ अर्ब २९ करोड, खस्कियो ईपीएस, ३५% लाभांश क्षमता

0
Shares

नविल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म चार अर्ब २९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ७.८४ प्रतिशत मात्र बढी हो।

बैंकले अघिल्लो वर्ष तीन अर्ब ९८करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा (फ्रि प्रोफिट) ३ अर्ब १८ करोड रुपैयाँ छ । यसको आधारमा बैंकले ३५ प्रतिशतसम्म लाभांश बाड्ने क्षमता बनाएको छ ।

१२ प्रतिशत बढीले चुक्ताँ पूँजी बढाएको बैंकको सो अनुपाता नाफा बढाउन नसक्दा प्रतिशेयर आम्दानी खस्केको छ । बैंकको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ५१ पैसाबाट ४७ रुपैयाँ ६५ पैसामा झरेको छ ।

बैंकको चुक्ताँपूँजी ९ अर्ब एक करोड छ । विभिन्न कोषमा गरेर बैंकसँग १४ अर्ब २४ करोड जगेडा रकम छ । बैंकको निक्षेपमा २२ प्रतिशत तथा कर्जामा साढे १८ प्रतिशतको सुधार आएको छ ।

समिक्षा अवधिमा बैंकले एक खर्ब ६४ अर्ब ३७ करोड निक्षेप संकलन गरेको छ भने एक खर्ब २९ अर्ब २८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । जसबाट बैंकले ७ अर्ब ३३ करोड खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा १७ प्रतिशत बढी हो । बैंकको संचालन नाफा भने ६ अर्ब ८ करोड छ ।

बैंकको कर्जा तथा अन्य नोक्सानी, व्यक्तिगत खर्च, अन्य सञ्चालन खर्च, लगायतका खर्च बढेका छन् । बैंकको आधार ब्याजदर र लागत समेत बढ्दा पूँजीको वृद्धिको अनुपातमा नाफा बढाउन कठिनाई देखिएको छ ।

बैंकको प्रतिशेयर नेटवर्थ २५८ रुपैयाँ ६ पैसा रहेको बैंकको मूल्य आम्दानी १६.७९ गुणा बढी छ । बैंकको निष्कृय कर्जा अनुपात ०.७४ प्रतिशत छ ।
बैंकले अघिल्लो वर्षकोे नाफाबाट २२ प्रतिशत नगद तथा १२ प्रतिशत बोनस सहित कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो ।