विश्व बैंकले भारतका साना तथा मझौला उद्योगलाई ५० करोड डलर सहयोग गर्ने 

0
Shares

विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने भएको छ । 
 
बैंकको कार्यकारी समितिले कोरोनाभाइरसको महामारीका कारण मर्कामा परेका साना तथा मझौला उद्योगका सञ्चालकहरूलाई सहयोग गर्न भारतलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको हो । 
 
भारतमा कोरोनाभाइरसको महामारीले साना तथा मझौला उद्योग व्यवसायहरु नराम्रोसँग धरासायी भएको तथ्याङकले देखाएको छ । 
 
विश्व बैंकले दिएको सो रकम भारतका साना तथा मझौला उद्योगहरूको पुनः उत्थाान र प्रवद्र्धनका लागि परिचालन गरिने भएको छ । 
 
सो कार्यका लागि भारतको सरकारले पनि ठूलो रकम लगानी गर्ने र विश्व बैंकको रकम त्यसमा थपिने बैंकका अधिकारीहरुले बताएका छन् ।
 
बैंकले प्रकाशन गरेको वक्तव्यमा कोरोनापछि साना तथा मझौला व्यवसायीहरूलाई उठाउनका लागि सो रकम उपयोग गर्न भारतलाई आग्रह पनि गरिएको छ । 
 
विश्वभरी मर्कामा परेका साना तथा मझौला व्यवसायीहरुलाई सहयोग गर्ने विश्व बैंकको नीति अनुसार अन्य देशहरुलाई पनि यस्तो सहयोग गरिएको समाचारमा जनाइएको छ। 
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।