स्ट्याण्डर्ड चार्टर्डको प्रतिशेयर आम्दानीमा सुधार, वितरण योग्य रकम १८० करोड

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब ४९ करोड ५३ लाख रुपैंया खुद नाफा कमाएको छ ।

अघिल्लो वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा करिब १४ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वषृमा बैंकले २ अर्ब १८ करोड रुपैंया खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा १ अर्ब ८० करोड रुपैंया छ । यसबाट बैंकले आफ्ना शेयरधनीलाई २२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

बैंकको निक्षेप तथा कर्जा संकलनमा सामान्य सुधार देखिएको छ । १३ प्रतिशतले निक्षेप बढाएको बैंकको १९ प्रतिशत बढीले कर्जा विस्तार भएको छ । गत असारमसान्तसम्म बैंकले कुल ७५ अर्ब ७३ करोड निक्षेप संकलन गरी ५३ अर्ब ११ करोड कर्जा परिचालन गरेको छ । यसबाट बैंकले ३ अर्ब ५२ करोड खुद ब्याज आम्दानी गरेको छ भने बैंकको संचालन नाफा ३ अर्ब ४८ करोड छ ।

आठ अर्ब १ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ९७ करोड रुपैंया सञ्चित छ । ३१ रुपैंया १५ पैसा प्रतिशेयर आम्दानी रहेको बैंकको मूल्य आम्दानी अनुपात २१.९० गूणाले बढी छ भने प्रतिशेयर नेटवर्थ १८७ रुपैंया ०८ पैसा छ ।

बैंकको निष्कृय कर्जा अनुपात एक वर्षको अवधिमा ०.१८ प्रतिशतबाट ०.१५ प्रतिशतमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।