एनसीसी बैंकलाई ईपीएस सन्तुलनमा राख्न सकस, क्रमश गर्दैछ नाफामा सुधार

0
Shares

नेपाल क्रेडिट एण्ड कर्मस बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिसम्ममा एक अर्ब ५२ करोड खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा झण्डै १४ प्रतिशत बढी हो ।

अघिल्लो वर्ष बैंकले एक अर्ब ३४ करोड खुद नाफा कमाएको थियो । बैंकको नाफामा सुधार आएपनि बैंकको प्रतिशेयर आम्दानी भने २४ प्रतिशतले घटेको छ । बैंकको वितरण योग्य नाफा एक अर्ब २० करोड छ । जसबाट बैंकले १४ प्रतिशतसम्म लाभांश बाड्ने क्षमता राख्छ ।

चुक्ता पूँजीको पचास प्रतिशत हकप्रद बिक्री गरेर ७ अर्ब एक करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी कायम गरेको बैंकलाई राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्ता पूँजी कायम गर्न सकेको छैन् ।

बैंकले भदौ २३ गते राष्ट्रिय सभा गृहमा बीसौं र एक्काइसौं वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभाले चुक्ता पूँजीको १५.८९ प्रतिशतले हुन आउने १ अर्ब ११ करोड ५२ लाख रुपैयाँ बराबरको बोनस शेयर तथा बोनमा लाग्ने कर प्रयोजनको लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गदैछ ।

हाल ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको बोनस वितरणपछि चुक्ता पूँजी ८ अर्ब १३ करोड ३८ लाख रुपैयाँ पुग्नेछ। साधारण सभा प्रयोजनका लागि बैंकले साउन २६ मा बुक क्लोज गरिसकेको छ ।

समीक्षा अवधिमा बैंकले १७.०७ प्रतिशतले निक्षेप संकलन वृद्धि गरेर ६७ अर्ब ३ करोड कायम गरेको छ भने कर्जा लगानीकतर्फ ६१ अर्ब १३ करोड पुगेको छ । यसअवधिमा बैंकको कर्जा विस्तार १८.८६ प्रतिशतले बढेको हो ।

बैंकको २८ रुपैयाँ ६७ पैसा रहेको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ७५ पैसामा झरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ३८ पैसा छ ।
बैंकको खराब कर्जा अनुपात २.७८ प्रतिशत, आधार ब्याजदर १०.२३ प्रतिशत र कोषको लागत ७.४९ प्रतिशत र कर्जा निक्षेप अनुपात सिसिडि रेसियो ७३.८४ प्रतिशत रहेको छ ।