.jpg)
हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को प्रतिकित्ता ३४३ रूपैयाँमा शेयरमूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीले चुक्ता पूँजीको शतप्रतिशत (१ः१) हकप्रद जारी गर्न शुक्रबार शेयर दाखिला खारेजी मिति तोकेसँगै हकप्रदमा मूल्य समायोजन गरी समायोजित मूल्य तोकेको हो ।
नेप्सेले कम्पनीको बिहीबारको कारोबार भएको अन्तिम मूल्य ५८६ रुपैयाँका आधारमा १०० प्रतिशत हकप्रदपछि मूल्य समायोजन गरेको हो । यसअनुसार अब कम्पनीको आइतबार समायोजित शेयरमूल्यलाई आधार मानेर शेयर कारोबार खुल्नेछ ।
कम्पनीले १ बराबर १ अनुपातमा १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर बिक्री गरेर पूँजी बढाउन लागेको हो ।
उक्त हकप्रद जारी गर्न कम्पनीले नियामक निकाय धितोपत्र बोर्डबाट जेठ ९ गते, आइतबार अनुमति पाएको थियो ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
- एचआईडिसीएलको हकप्रद बारे लगानीकर्ताले निर्णय गर्ने आज अन्तिम दिन
- HIDCL ले तोक्यो ११ अर्बको हकप्रद बेच्न बुकक्लोज मिति
- HIDCL लाई ११ अर्बको हकप्रद बेच्न धितोपत्र बोर्डको अनुमति
- एचआईडीसीएलले गत आर्थिक वर्षमा कमायो १ अर्ब १२ करोड खुद नाफा
- एचआईडिसिएलका लगानीकर्ताको हात खाली, बिना लाभांश एजिएम आह्वान
- एचआईडिसिएलको बठ्याँइले सरकारलाई एक अर्ब १६ करोड नोक्सान
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया