हुन्डाई नेपालले – विद्युतीय सवारी पूर्वाधार विकास र सेवा विस्तारमा काम गर्ने

0
Shares

हुन्डाई गाडीको नेपालको लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले विद्युतीय सवारी पूर्वाधार विकास र सेवा विस्तारमा काम गर्ने भएको छ ।

लक्ष्मी इन्टरकन्टिनेंटल प्रा.लि.ले आफ्नो ईभी बेच्नमा मात्र केन्द्रित नभई इभी गाडीहरुका लागि अत्यन्तै जरुरी चार्जिङ स्टेशनहरूको स्थापनामा पनि ठूलो लगानी गरिरहेको छ ।

हुन्डाईले नेपालका विभिन्न भागमा हालसम्म २१ वटा चार्जिङ पोइन्टसहरूको स्थापना गरेको छ । यी चार्जिङ पोइन्टसहरूमा हुन्डाई गाडीका उपभोक्ताहरुलाई निःशुल्क सवारी साधन चार्ज गर्न प्राथमिकता हुनेछ तथापि अन्य ब्राण्डका इभी गाडीहरुका लागि चार्जिङ शुल्क चार्जिङ ठाउँहरु अनुसार फरक हुन सक्नेछ ।

ईभीका लागि पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकतालाई नजरमा राख्दै कम्पनीले आफ्ना मूल्यवान ग्राहकहरूलाई सहज सुविधा दिन नेपालका विभिन्न भागमा थप चार्जिङ स्टेशनहरू निर्माण गर्ने योजना बनाइरहेको छ ।

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

हुन्डाई गाडीको नेपालको लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले इलेक्ट्रिक भिएकल विद्युतीय गाडीको क्षेत्रमा ठूलो कदम चालिरहेको छ । यसले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

नेपालमा, हुन्डाईसँग हाल इलेक्ट्रिक सवारीमा KONA र IONIQ नामक दुई मोडलहरू छन् । बजार भित्रिएको छोटो अवधिमा नै यी दुवै मोडेलहरूलाइ नेपाली अटो उत्साहीहरूले सकारात्मक समीक्षाका साथ स्वागत गरेका थिए र यी अहिले पनि उत्तिकै रुचाइने मोडेलहरू हुन् ।
अटोमोबाइलको भविष्य विद्युतीय सवारीको दिशामा सर्दै गएकाले हुन्डाईले विद्युतीय गाडीको क्षेत्रमा एकदम सम्भावना देखेको छ र आफ्नो ईभी गाडीहरुको विक्री बढ्नेमा विश्वस्त छ ।

विश्वभरीमात्र नभई नेपालमा पनि ग्राहकहरु वातावरण बारे सचेत भएका छन् र उनीहरु वातावरणीय दीर्घकालीन स्थिरतामा योगदान गर्न चाहन्छन् । इलेक्ट्रिक सवारी प्रयोग गरी वातारण संरक्षणमा सहयोग गर्ने एक प्रभावकारी तरिका हो ।
सरकारले पेश गरेको गत बजेटमा विद्युतीय सवारी साधनमा थप शुल्क लगाइएको कारण मूल्य अत्यन्तै बढेको थियो यद्यपि, हालै आ.व. २०७८–७९ को लागि प्रस्तुत गरिएकोे बजेटमा विद्युतीय सवारीहरुमा कर घटाइएकोले हुन्डाईका विद्युतीय गाडीहरुको शुल्क पनि घटेको छ ।
यस कारण उपभोक्ताहरू विद्युतीय सवारीप्रति आकर्षित र उत्साही हुने हुन्डाईको विश्वास रहेको छ । हाल Hyundai KONA -100 kW battery को मूल्य ५६.९६ लाख, Kona -150 kW battery को मूल्य ७१.९६ लाख र IONIQ -100 Kw battery को मूल्य ५७.९६ लाख रुपैयाँ रहेको छ ।

यस्ता छन् सर्भिस सेन्टरहरु:-

1

•LI Auto Services- Kupondole

2 •LI Quicks- Tinkune
3

•Labim Mall- Pulchowk

4

•New Shiva Service- Sinamangal

5

•Hyundai Sales- Naxal

6

•Hyundai Sales-Thapathali

7

•Barahi Service Center-Pokhara

8

•Bindhya Service Center-Pokhara

9

•Pokhara Grand Hotel-Pokhara

10

•Water Front Resort-Pokhara

11

•Hotel Barahi-Pokhara

12

•Jagat motors- Bhaiharawa

13

•Siddhi Vinayak Service- Butwal

14

•New Rider Service- Dang

15

•HIM intercontinental- Nepalgunj

16

•Dinesh 4 Wheels- Dhangadhi

17

• Orchids Moto Corp- Birgunj

18

•Royal Auto World-Biratnagar

19

•Pathivara Auto Link- Itharai

20

•Pinnacle Service Center- Bharatpur

21

•Alliance Motors- Birtamode

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।