मुक्तिनाथ विकास बैंकको २० प्रतिशत हकपद सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

मुक्तिनाथ विकास बैंकले बिक्री गर्न लागेको २० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन परेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत हुन आउने ६१ लाख ३० हजार कित्ता शेयर बिक्रीका लागि साउन ३१ गते बुक क्लोज गर्दैछ ।

यसअनुसार साउन ३० गते बिहीबारसम्म नेप्सेमा कारोबार भई बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलमा शेयरधनी कायम रहनेले मात्र हकप्रद पाउनेछन्।

यसअघि ४० प्रतिशत हकप्रद बिक्री गरेको बैंकले अघिल्लो वर्षको कमाईबाट १८.२५ प्रतिशत बोनस वितरण गरेको थियो। बैंकले बोनस पश्चात कायम चुक्ता पूँजीको २० प्रतिशत हकप्रद जारी गर्न लागेको हो।

बैंकले ६१ लाख २९ हजार ५२० दशमलव २५ कित्ता हकप्रद निष्काशन गर्नेछ । बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक भिबोर क्यापिटल रहेको छ ।

हाल बैंकको तीन अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँ चुक्ता पूँजी छ। हकप्रदपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ।