खराब कर्जा बढ्दा इन्भेष्टमेन्ट बैंकको नाफा घट्यो, खस्कियो प्रतिशेयर आम्दानी

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकको खृुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ६.६६ प्रतिशतले घटेको छ। बैंकले गत असारमसान्त मसान्तसम्ममा ३ अर्ब ४१ करोड खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ६५ करोड खुद मुनाफा आर्जन गरेको थियो। बैंकले प्रवाह गरेको कर्जा वापत सम्भावित नोक्सानी कोषको रकम बढेपछि नाफा घटेको हो ।

जसले गर्दा बैंकको खराब कर्जाको अनुपात समेत एक सय चार प्रतिशतले बढेको छ । खराब कर्जा १.३६ प्रतिशतबाट २.७८ प्रतिशत पुगेको छ । बैंकको वितरण योग्ग नाफा एक अर्ब ३९ करोड छ । यस आधारमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने अवस्था छ ।

बैंकको चुक्ता पूँजी १२ अर्ब ८६ करोड, जगेडा कोषको रकम १० अर्ब ९५ करोड, रिटेर्न अनि, रिटेर्न अर्निङ्ग एक अर्ब ७८ करोड र शेयर प्रिमियम कोष १० करोड २२ लाख रुपैयाँ कायम हुँदा शेयरधनी कोष करिब २५ अर्ब पुगेको हो।

बैंकले यस अवधिमा एक खर्ब ४९ अर्ब ३९ करोड निक्षेप संकलन गरेर एक खर्ब २३ अर्ब कर्जा लगानी गरेको छ । बैंकको निक्षेप नौ प्रतिशत बढीले सुधार हुँदा कर्जा करिब चार प्रतिशत बढी विस्तार गरेको छ । जसबाट बैंकले ६ अर्ब १५ करोड ब्याज आम्दानी गरेको छ । बैकको ब्याज आम्दानी बढेपनि संचालन नाफा घटेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ३७ पैसाबाट घटेर २६ रुपैयाँ ५४ पैसामा झरेको छ । खराब कर्जा अनुपात उच्च बढेको छ । बैंकको कोषको लागत ६.३१ प्रतिशत, आधार ब्याजदर ८.३३ प्रतिशत छ । बैंकको कर्जा निक्षेप अनुपात ७१.९७ प्रतिशत तथा पूँजी कोष अनुपात १३.६५ प्रतिशत छ ।