नेपाल बङ्गलादेश बैंकको खुद नाफा ४१ प्रतिशतले बढ्दा पनि लाभांश क्षमता घट्यो

0
Shares

बङ्गलादेश बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ४१.५६ प्रतिशतले खुद नाफा बढाएको छ । बैंकले अघिल्लो आवमा १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आवमा १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा कमएको हो।

बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ३ करोड रुपैयाँ रहेको छ । जस अनुसार बैंकले करिब १२ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ । बैंकको वितरण योग्य मुनाफा भने अघिल्लो आर्थिक वर्षको भन्दा १३ प्रतिशतले कम हो ।

गत असारमसान्तसम्म ५९ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरि ५२ अर्ब ७२ करोड रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो वर्ष ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ४० अर्ब ८७ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।

बैंकको निक्षेप र कर्जा प्रवाह क्रमश २४.५० र २८.९९ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले खुद व्याज आम्दानी दुई अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ।

बैंकको निष्कृय कर्जा अनुपात १.१३ प्रतिशतबाट बढेर १.५६ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९५ पैसाबाट बढेर २० रुपैयाँ २ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ९१ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात १५ बाट घटेर ११.०९ गुणामा झरेको छ।