एकचालिस हजार नगद सहित ६ जुवाडे पक्राउ

0
Shares

नेपाल प्रहरीले ४१ हजार ३६० रुपैयाँ सहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीले मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली डेरा गरी बस्ने जनक बहादुर थापाको कोठाबाट तास खेली रहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रे घुम्लु घर भएका रमेश पन्त सहित ६ जनालाई बुधबार साँझ पक्राउ गरेको हो ।

उक्त कोठामा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० असार २०७८, बिहिबार  १५ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।