एनआईसी एशियाले सार्वजनिक गर्यो लगानीकर्तालाई उत्साह जगाउने प्रगति विवरण

0
Shares

एनआईसी एशिया बैंकले गत आर्थिक बर्ष उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेर लगानीकर्तामा उत्साह जगाएको छ । बैंकले अघिल्लो आर्थिक वषृको तुलनामा गत आर्थिक वर्षमा १२९ प्रतिशतले बढाएर ३ अर्ब ५ करोड खुद नाफा गरेको छ ।

अघिल्लो आर्थिक बर्षको यस अवधिमा बैंकले १ अर्ब ३३ करोड खुद मुनाफा गरेको थियो। बैंकको वितरणयोग्य मुनाफा भने २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । यस हिसाबले बैंकले करिब २४ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ ।

एनआईसी एसियाका अधिकांश सूचकमा उत्साहजनक प्रगति देखिएको छ। कुल आम्दानी ७७ प्रतिशतले बढाएर ९ अर्ब ५१ करोड पुर्याएको छ भने मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी ६५ प्रतिशतले बढाएर ६ अर्ब ६९ करोड आर्जन गरेको छ। त्यस्तै बैंकको संचालन मुनाफा १३९ प्रतिशतले बढेर ४ अर्ब ५८ करोड पुगेको छ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ७६ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४२ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप २६.६८ प्रतिशतले बढेको देखिएको छ भने कर्जातर्फ २३.१२ प्रतिशतको वृद्धि देखिएको छ ।

बैंकको निस्क्रिय कर्जा अनुपात ०.४६ प्रतिशत छ भने कोषको लागत समेत घटेर ७.८४ प्रतिशतबाट ६.९७ प्रतिशतमा सीमित बन्न पुगेको छ । आधार दरलाई घटाएर ९.४८ प्रतिशतमा झारेको बैंकको पूँजीकोष अनुपात १३.४८ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३४.५६ रुपैयाँ रहेको छ । यो भनेको अघिल्लो वर्षको तुलनामा १०८ प्रतिशतले बढी हो । प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.९६ गुणा छ ।