ओम डेभलपमेन्ट बैंकको यस्तो देखियो अन्तिम वित्तीय विवरण

0
Shares

ओम डेभलमेन्ट बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ५१.८७ प्रतिशतले खुद नाफा बढाएर ५९ करोड ९५ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आवको यसै अवधिमा बैंकको नाफा ३९ करोड ४७ लाख ६७ हजार रहेको थियो।

एनएमबि बैंकसँग मर्जर प्रकृया रहेको यस ओम डेभलपमेन्ट बैंकको सम्भंवत यो नै अन्तिम वित्तीय विवरण हो । एनएमबिमा मर्ज भएपछि बन्ने बैंक एनएमबि बैंकको नाममा संचालनमा आउनेछ ।

असार मसान्तसम्म बैंकले २१ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरि २३ अर्ब १ करोड ७७ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । समीक्षा अवधिमा बैंकले १ अर्ब ८ करोडले निक्षेप र ४ अर्ब ७० करोडले कर्जा लगानी विस्तार गरेको हो।

गत आवमा बैंकले एक अर्ब २२ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने बैंकको सञ्चालन मुनाफा ७९ करोड ६५ लाख छ।
दुई अर्ब ५१ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ६८ करोड ३४ लाख र शेयरधनी कोषमा ७१ करोड २२ लाख तथा २ करोड ८६ लाख शेयर प्रिमिय रहेको सञ्चित छ ।

ओमको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५२ पैसाबाट वृद्धि भई २९ रुपैयाँ ६५ पैसा कायम भएको छ । यस अवधिमा खराब कर्जा अनुपात ०.९५ बाट घटाएर ०.६४ प्रतिशतमा झारेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ६३ पैसा र मूल्य आम्दानी अनुपात ६.६४ गुणा छ।

यसैगरि बैंकको आधार ब्याजदर ११.१९, कोषको लागत ८.९६, पूँजीकोष अनुपात १५.४७ प्रतिशत रहेको छ ।