आशा लघुवित्तले गतवर्षको मुनाफाबाट बोनश शेयर वितरण गर्ने

0
Shares

आशा लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट आफ्ना शेयरधनीलार्य बोनश शेयर वितरण गर्ने भएको छ । कम्पनी संचालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १२ प्रतिशत बोनस र उक्त बोनसमा लाग्ने कर वापतको नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीका अनुसार हाल कायम चुक्तापूँजीको १२ प्रतिशतले हुन आउने २ करोड ४८ लाख ८८ हजार रुपैयाँ बराबरको बोनस शेयर तथा कर प्रयोजनका लागि १३ लाख ९ हजार रुपैयाँ नगद वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश केन्द्रिय बैंकको स्वीकेति पश्चात कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

कम्पनीको हाल २० करोड ७४ लाख चुक्तापूँजी छ ।

आशा लघुवित्तले गत आर्थिक वर्ष २०७५/७६ मा ३ करोड ९१ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । जसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ७८ पैसा छ ।