समुन्द्रटार त्रिशूली ३ बी हब १३२ के भी प्रसारण लाइन तथा सवस्टेसनको प्रधानमन्त्रीद्धारा उद्घाटन

0
Shares

प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नै उत्पादनबाट घरेलु विद्युत्तको माग धान्ने अवस्था ल्याउन सरकार अघि बढिरहेको बताएका छन्।

प्रधानमन्त्रीनिवास बालुवाटारबाट नुवाकोटमा निर्मित समुन्द्रटार त्रिशुली बी हब १३२ केभी प्रसारण लाइन तथा सव स्टेशनको शनिबार भर्चुअल उद्घाटन गर्दै प्रधानमन्त्रीले सरकारले उत्पादन वृद्धि मार्फत आयात प्रतिस्थापन, उत्पादित विद्युत्तको प्रसारण र त्यसको खपतलाई सन्तुलनकारी ढंगले अघि बढाएको समेत बताए ।

‘पहिले तालमेल नमिलेर आयोजना तयार भइसक्दा प्रसारण लाइन नहुने लाइन तयार हुँदा वितरण गर्ने ठाउँमा सव लाइनहरु नहुने जस्ता कमजोरी थिए । अब हामीले त्यस्तो नहोस् भन्नेमा ध्यानदिएका छौं’, प्रधानमन्त्रीको भनाई थियो ।

नेपालले करिब एक सय १० वर्ष अघिउर्जा उत्पादन सुरु गर्दै दक्षिण एसियामै दोस्रो जलविद्युत उत्पादक देश बने पनि यस अन्तरालमा गर्नुपर्ने विकास भने नगन्य रहेकोपनि प्रधानन्त्रीले उल्लेख गरे । पछिल्लो समय कुलेखानी जलविद्युत आयोजनाले देखाएको बाटो अनुरुप हालका वर्षहरुमा जलाशययुक्त आयोजनाको निर्माणलाई प्राथमिकताका साथ अघिबढाइएको पनिउनले बताए ।

हाम्रो बहुआयामिक विकासको सन्दर्भमा उद्घाटित प्रसारणलाइन नयाँ उचाई भएको धारणा पनिप्रधानमन्त्रीको थियो । यस्ता आयोजना नेपाली जनतामा आफ्नै ठाउँमा विकास गर्न सकिन्छ भन्ने भावना विकास हुनु र विदेश जाने लहरमा कमी आउनु खुसीको कुरा भएको पनि प्रधानमन्त्रीले बताए ।

अर्को प्रसंगमा प्रधानमन्त्रीले कोभिडविरुद्धका थप भ्याक्सिन आउने र त्यसबाट बञ्चित हुनुपर्ने अवस्थाबाट देश मुक्तहुने बताए । ‘कोभिडसँग लड्नुुुपर्ने अवस्थाबाट अब कोभिडलाई पहिले नै रोक्ने अवस्थामा जाँदैछौं’, उनको भनाई थियो । यद्यपी सबैलाई एकै पटकखोप सम्भवनहुने भन्दै उनले समूहगत रुपमाक्रमशः सबै जनतालाई खोप लगाइने बताए । यति बेला कतिपय स्थानमा भएका अतिवृष्टिकाकारण क्षति भोग्नु परेको पनि उल्लेख गर्दै प्रधानमन्त्रीले उद्धार, राहत र पुनस्र्थापनामा सरकारले ध्यानदिइरहेको बताए । राहतका लागि सम्बद्ध स्थानमा रकम गइ सकेको र घाइतेको उपचार सरकारले नै गर्ने जानकारी पनि प्रधानमन्त्रीले दिए ।

समुन्द्रटार त्रिशुली बी हब १३२ केभी प्रसारणलाइनदुप्चेश्वर गाउँपालीकामा रहेको समुन्द्रटार सवस्टेशन देखी किस्पाङ गाउँंपालीकामा रहेको त्रिशुली ३ बीहब सवस्टेशनकुल ८४ वटाटावर खडा गरीस्थापन ागरिएको छ ।

कुल २६ कि.मि. लामो १३२ के.भी. डबल सर्किटको यो प्रसारणलाईनबाट समुन्द्रटार सवस्टेशनलाई काठमाण्डौं उपत्यकाको मातातीर्थ सवस्टेशनमा मात्र नभई अन्य सवस्टेशनसंग समेत जोड्ने योजना रहेको जानकारी नेपाल विद्युत्त प्राधिकरणकाक ार्यकारी निर्देशकहितेन्द्रदेव शाक्यले दिए ।

उनका अनुसार प्रसारण लाइबाट रसुवा र नुवाकोटमा उत्पादन भई त्रिशुली ३ बीहब सवस्टेशनमा प्राप्त हुने ६ सय मेगावाट. भन्दा बढी विद्युतलाई सिधै काठमाण्डौं ल्याउन ठूलो मद्दत पुग्ने छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।