नाडा अटो शो भदौं १० गतेदेखि, सवारी साधन किन्नेलाई अफरै अफर

0
Shares

नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालले यही भदौ १० देखि सवारी साधनहरुको भब्य मेला ‘नाडा अटो शो २०१९’ आयोजना गर्ने भएको छ । नाडाले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गरेर भदौ १० गतेदेखि १५ गतेसम्म भृकुटीमण्डपमा अटो शो गर्ने जानकारी दिएको हो ।

नाडा अटो शोमा सवारी साधन वाहेक लुब्रिकेन्ट,टायर,एसेसरिज र बैंक तथा वित्तिय संस्था गरेर १ सय ६० वटा स्टल रहनेछ। जहाँ ९५ ब्राण्डका सवारी साधन प्रदर्शन र बिक्री वितरण गरिने छ । २३ वटा ब्राण्डका चार पाङ्ग्रे, १९ वटा ब्राण्डका दुई पाङ्ग्रे, १२ वटा ब्राडका लुब्रिकेन्ट, ९ वटा ब्रान्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा ब्राण्डका पार्टपूर्जा एवम् ग्यारेज उपकरण तथा १३ वटा वित्तीय संस्थहरुको स्टल रहने छ ।

प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरूको सहभागिता रहने छ । जसमा नेपालमै उत्पादित सामाग्रीहरू समेत रहने छन् ।

यस संकरणको मुख्य प्रायोजक शीर्ष सर्भो क्लास लुब्रिकेन्ट्स रहेको छ । नाडाले अटो शोमा गाडीका नयाँ मोडलहरु सार्वजनिक गरिने तथा खरिदकर्ताहरुलाई विभिन्न छुट दिनेछ । ७५ हजार दर्शकले अवलोकन गर्ने नाडाको अनुमान छ ।