पछिल्लो २४ घण्टामा २ हजार ६३४ कोरोना संक्रमित थपिए

0
Shares

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६३४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १२ हजार ५८५ जनामा संक्रमणको परिक्षण गरेको थियो । जसमा ७ हजार ५०३ जनामा गरिएको पिसिआर परिक्षणमा १ हजार ७१८ जना र ५ हजार ८२ जनामा गरिएको एन्टिजेन्ट परिक्षणमा ९१६ गरि २ हजार ६३४ जनामा संक्रमणको पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ५६५ जनाले कारोना भाइरसको संक्रमणलाई जितेका छन् । हाल सम्म संक्रमण मुक्त हुनेको संख्या ६ लाख १२ हजार ९९४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु भएको छ । हाल सम्म मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २२ असार २०७८, मंगलबार  १७ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।