हिमालयन बैंकको ऋणपत्रमा आवेदन गर्ने आज अन्तिम दिन

0
Shares

हिमालयन बैंकको ऋणपत्रमा आवेदन गर्ने दिन आज अन्तिम रहेको छ । बैंकले गत साउन २ गतेदेखि बिक्रीमा ल्याएको ऋणपत्र तोकिएको अवधिमा बिक्री हुननसकेपछि म्याद थप गरेको थियो ।

हिमालयन बैंकले एक हजार रुपैयाँ अंकित दरमा कूल तीन अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ ऋणपत्र बिक्रीमा ल्याएको हो ।

बैंकले कूल निष्काशनमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ब्यक्तिगत तवरबाट विभिन्न संघ संस्था तथा संस्थापक शेयरधनीहरुलाई बिक्री गर्नेछ । ४० प्रतिशत बराबरको एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण निष्काशन गरिएको हो।

जसमध्ये ६० हजार कित्ता सामूहिकलगानी कोषहरुलाई छुट्टाइएको छ भने ११ लाख ४० हजार कित्ताका लागि आम लगानीकर्ताले आवेदन गर्न सक्नेछन्।

सातवर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक दश प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ। बैंकको ऋणपत्र खरीदगर्न चाहाने लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथावित्तीय संस्था र मेरोशेयरबाट पनि आवेदन गर्न सक्नेछन्।