नेपाल लाइफ र डिप्रोक्स लघुवित्तको बोनस शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बोनस शेयर सूचीकृत भएको छ । आइतवार नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स र डिप्रोक्स लघुवित्त लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।

नेपाल लाइफ इन्स्योरेन्सको ३१ प्रतिशतले हुन आउने १ करोड ७० लाख ३८ हजार ९८.५१ कित्ता र डिप्रोक्स लघुवित्तको १५ प्रतिशतले हुन आउने १५ लाख ८ हजार १५०.३७ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

नेपाल लाइफको २०७७ माघ २७ गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट पारित ३१ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । डिप्रोक्स लघुवित्तको २०७७ चैत्र २० गते सम्पन्न १९ औँ वार्षिक साधारण सभाले पारित गरेको १५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।