बैंकलाई ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगीत

0
Shares

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बाणिज्य बैंकलाइ सहायक कम्पनी मार्फत ब्रोकरको काम गर्न दिनका लागि सिफारीस गर्ने काम स्थगीत गरेको छ । व्यवस्थापिका संसदको अर्थसमितिले बैंकलाइ ब्रोकर लाइसेन्स दिने नदिने विषयमा अध्ययन समितिले प्रतिवेदन बुझाएपछि मात्र आवश्यक निर्णय गर्ने भनेपछि नेप्सेले सिफारीस दिने प्रक्रिया पनि रोकेको हो ।
मंगलबार नेप्सेले सुचना जारी गर्दै अर्थसमितिको निर्देश्न अनुसार तत्कालका लागि बाणिज्य बैंकलाइ सिफारीस गर्ने काम रोकको जनाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाइ ब्रोकर लाइसेन्स दिने प्रक्रिया तत्काल सुरु गर्ने नेप्सेलाइ निर्देशन दिएपछि नेप्सेले गत साउन १७ गते १५ दिन भित्रमा सिफारीस पत्र लिनका लागि तोकिएको मापदण्ड पुरा गरी निवेदन दिन अनुरोध गरेको थियो । नेप्सेले बाणिज्य बैंकलाइ ब्रोकर अनुमती दिनका लागि आवश्यक कार्यविधि समेत बनाइ लागु गरिसकेको छ । कार्यविधि अनुसार २ करोड चुक्ता पुँजी भएको र नेपाल राष्ट्र बैंकवाट धितोपत्र कारोबार गर्ने अनुमती लिएको हुनु पर्ने व्यवस्था गरेको छ ।
प्रतिनिधि सभाको अर्थसमितिले पुँजि तथा मुद्रा बजारको अवस्था तथा भए गरेका कामको अध्ययन गरेपछि मात्र बैंकलाई धितोपत्र दलालको अनुमती दिने नदिने टुङगो लगाउन समितिकी सदस्या रामकुमारी झाँक्रीको संयोजकत्वमा पुँजी बजार र मुद्रा बजार सम्बन्धि अध्ययन उपसमिति गठन गरेको छ । समितिले उपसमितिले काम सुरु गरेको दुइ महिना भित्र सुझाव सहितको प्रतिवेदन बुझाएपछि मात्र निर्णयमा पुग्न उचित हुने समितिको निर्णय गरको छ । अर्थसमितिले गठन गरेको उपसमितिमा प्रमिला राइ, मेटमणी चौधरी, रामबाबु कुमार यादव र हेमकुमार राइ सदस्य रहेका छन ।
अर्थ समितिको गरेको निर्णय सहितको बेहोरामा साउन ३० गते नेप्सेलाइ पत्राचार गरेपनि मंगलबार नेप्सेले सिफारीस लागि आह्वान गरीएको प्रक्रिया समितिले अर्को निर्णय नगर्दासम्मका लागि स्थगीत गरेको जनाएको छ ।
उपसमितिको प्रतिवेदन आउने समयसम्म धितोपत्र बोर्डका हालका अध्यक्ष डा. रेवत बाहादुर कार्कीको कार्याकाल भने समाप्त हुनेछ । धितोपत्र बजारलाई विस्तर गर्नका लागि बैंकको सहायक कम्पनीलाइ ब्रोकर लाइसेन्स दिनु पर्ने बताउदै आएका कार्कीले आफ्नो कार्यकालमा बैंकलाइ ब्रोकर लाइसेन्स नदिने पनि करिब निश्चित भएको छ ।
हालसम्म नेपाल राष्ट्र बैंकवाट १९ बाणिज्य बैंकले सहायक कम्पनी मार्फत धितोपत्र खरिद बिक्री काम गर्ने अनुमती लिइसकेका छन् ।