सरकारले गत आवमा लक्ष्यको ९३ प्रतिशत राजश्व उठायो, खर्च ८० प्रतिशतमा सीमित

0
Shares

सरकारले गत आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यको ९३.१९ प्रतिशत मात्र राजस्व असुली गरेको छ ।

सरकारले गत आवमा कुल १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ९ खर्ब ९९ अर्ब ३० करोड ५२ लाख रुपैयाँ संकलन भएको हो ।

यसैगरी महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार असार समान्तसम्ममा सरकारले विनियोजित बजेटको ८०.०८ प्रतिशत बजेट खर्च गरेको छ ।

सरकारले आव २०७७/७८ मा ११ खर्ब ८० अर्ब ९५ करोड २९ लाख रुपैयाँ खर्च गरेको हो । गत आवमा सरकारले १४ खर्ब ७४ अर्ब ७४ लाख ५४ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो ।

गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले चालु खर्चतर्फ ८९.७५ प्रतिशत र पूँजीगत खर्च ६४.६९ प्रतिशत गरेको छ । यस्तै वित्तीय व्यवस्थापनतर्फ ५८.४४ प्रतिशत खर्च भएको छ ।

गत आर्थिक वर्षका लागि सरकारले चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड ६ लाख विनियोजन गरेकोमा ८ खर्ब ५१ अर्ब ६७ करोड ८२ लाख, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ विनियोजन भएकोमा २ खर्ब २८ अर्ब ३० करोड ६ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ विनियोजन भएकोमा १ खर्ब ९७ करोड ४१ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

यसैगरी महालेखा नियन्त्रक कार्यालयले जनाए अनुसार राजस्वतर्फको असुली लक्ष्यको ९५.३१ प्रतिशत, गैरकर राजस्व असुली ६९.०३ प्रतिशत र वैदेशिक अनुदान लिने लक्ष्य राखेकोमा ३३.९७ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को समीक्षा अवधिमा राजस्वतर्फ ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ असुली गर्ने लक्ष्य राखेकोमा ८ खर्ब ७० अर्ब ११ करोड ३६ लाख रुपैयाँ संकलन भएको छ । यसैगरी गैरकरतर्फ ९८ अर्ब ८० करोड ९४ लाख रुपैयाँ लक्ष्य राखिएकोमा ६८ अर्ब २० करोड ८७ लाख रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड ७७ लाख रुपैयाँ लक्ष्य राखेकोमा २० अर्ब ५६ करोड २७ लाख रुपैयाँ संकलन भएको हो ।

गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले आन्तरिक राजस्वबाट ४ खर्ब ५० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा लक्ष्यको ९५ प्रतिशत अर्थात ४ खर्ब २७ अर्ब संकलन गरेको हो । भन्सारतर्फ ४ खर्ब ४० अर्ब संकलन गर्ने लक्ष्य लिएकोमा ४ खर्ब ४३ अर्ब २६ करोड संकलन भएको छ । जुन लक्ष्यभन्दा ३ अर्ब २६ करोड धेरै हो ।

सरकारले भन्सार असुलीतर्फ लक्ष्यभन्दा सवा तीन अर्ब रुपैयाँ धेरै संकलन गरेपनि आन्तरिकतर्फ भने २३ अर्ब कम राजश्व संकलन गरेको हो । गत आवमा भन्सार र आन्तरिक राजस्व गरी ८ खर्ब ७० अर्ब ११ करोड रुपैयाँ उठेको छ । आयकरतर्फ लक्ष्यभन्दा १५ अर्ब कम १ खर्ब ९५ अर्ब असुली भएको छ । गत आवमा आयकरबाट २ खर्ब १० अर्ब असुली गर्ने लक्ष्य लिइएको थियो ।

मूल्य अभिवृद्धि कर (भ्याट) मा पनि सरकारले लक्ष्यभन्दा धेरै संकलन गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।